• २१ असोज २०८३, बुधबार
  • ७ः५९ बिहान

संघद्वारा सीमा समस्या समाधानका लागि पहल गर्न सांसद राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार १२:१४

कात्तिक २, २०८० नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा.धवल शम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

National Life

दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले बुधबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणालाई सीमा क्षेत्रको सुधारका लागि पहल गर्न आग्रह गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।


कार्यक्रममा लुम्बिनी प्रदेश प्रतिनिधिसभा सदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगन्जका उप–निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई, एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति,संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, ब्रह्मकुमारी दिदी मुना, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र अधिकारीले उद्योगी व्यवसायीका समस्या र समाधानका उपायबारे धारणा राख्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

संघका अध्यक्ष टंकबहादुुर धामीको अध्यक्षता, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य, महिला उपाध्यक्ष मन्दिरा पाण्डेको धन्यवाद ज्ञापन र महासचिव भीमबहादुर रानाभाटले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरालाई पनि संघले स्वागत गरेको थियो  । 

प्रतिकृया