• ९ असोज २०८३, शुक्रबार
  • १०ः५० राती

त्रिकोणात्मक टि-२० सिरिजका लागि नेपाली टोलीकाे घोषणा

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०२:१२

असोज २९, २०८० काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

National Life

त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए।


त्रिदेशीय टि-२० खेल्ने टोलीमा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ।सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

प्रतिकृया