• १० असोज २०८३, शनिबार
  • १ः३२ राती

यस्तो छ सलमान खानको फिल्म ‘टाइगर ३’ को ट्रेलर (भिडिओ)

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०१:५८

असोज २९, २०८० काठमाडौँ: सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार यशराज फिल्म्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सलमान र कट्रिनाको दमदार एक्सन देख्न सकिन्छ । यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो ।

National Life

आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् । फिल्ममा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ । फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन् ।


फिल्म हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ । यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ प्रदर्शन भएका थिए। ‘टाइगर ३’ पछि सलमान खान र शाहरूख खान ‘टाइगर भर्सेस पठान’ मा देखिनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया