• १२ असोज २०८३, सोमबार
  • ९ः०१ राती

‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०१:३१

असोज २९, २०८० काठमाडौँ: ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

National Life

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए ।


उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया