• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२६ बिहान

युनिलिभर नेपालको लाभांश घोषणा , बुक क्लोज मिति समेत तय

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार १२:५६

असोज २९, २०८० काठमाडौँ: युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ । साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Kamana Sewa

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Classic Tech Desktop

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

प्रतिकृया