• १९ भदौ २०८३, शुक्रबार
  • १ः२२ राती

सुनको मूल्य घट्याे, चाँदीकाे कति ?

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार १२:०९

असोज २९, २०८० काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।


यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

यता चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया