• ११ असोज २०८३, आइतबार
  • ५ः३५ बिहान

दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

प्रकाशित मिति

२०८० आश्विन २९ गते, सोमबार ०८:४३

असोज २९, २०८० काठमाडौँ : आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ । आइतबारदेखि दसैं सुरू भइसक्दा नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ।

National Life

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ। राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ।


सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।

प्रतिकृया