• २१ असोज २०८३, बुधबार
  • ८ः१६ बिहान

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद गठन, एमाले पनि सरकारमा सामेल

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०५:१६

असोज २८, २०८० विराटनगर : कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

National Life

शपथसँगै नवनियुक्त मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।


शनिबार नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सामेल गराएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया