• २१ असोज २०८३, बुधबार
  • ८ः२४ बिहान

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिने

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०४:२२

असोज २८, २०८० काठमाडौँ: नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रत्यक्ष अगुवाईमा तयार भएको कोशी प्रदेशको नयाँ गठबन्धनको सरकारमा नेकपा एमालेबाट पनि एक मन्त्रीले शपथ लिने कार्यक्रम छ ।

National Life

यद्यपी कार्की नेतृत्वको सरकारलाई केन्द्रको गठबन्धनका तर्फबाट पनि समर्थन रहेको छ । अर्थात् कार्कीलाई सत्तारुढ गठबन्धनको पनि समर्थन प्राप्त भएको छ जसमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र असन्तुष्ट नेता डा शेखर कोइरालाले एउटा विवादास्पद समझदारीमा हस्ताक्षर गरेका थिए ।


प्रचण्डले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै कोशी प्रदेशमा “सेफ ल्यान्डिङ” भएको तर सर्वदलीय सरकार बन्ने अवस्था नभएको बताए पनि कोशी प्रदेशमा एमाले सत्तामा जान लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले केन्द्रमा पार्ने प्रभाव केही दिनभित्रै देखिने जानकारहरुको भनाई छ । खासगरी डा शेखर कोइरालाले केन्द्रमा गरेको सहमति प्रदेशमा गरिएको सहमतिको विपरीत रहेको धेरैको बुझाई छ ।


कतिपयले पार्टी सभापति देउवाका एकलौटी निर्णयहरुका कारण कांग्रेस फुटको संघारमा पुगेको अनुमान गर्न थालेका छन् । उनीहरु देउवाले माओवादी पार्टीलाई चाहिनेभन्दा बढी महत्व दिएको र सम्पूर्ण राज्यसंयन्त्र तथा सामाजिक सदभाव भड्काउन माओवादी नेतृत्व लागिपरिरहेको अवस्थालाई टुलुटुलु हेरेर बस्न नहुने बताउँछन् ।

प्रतिकृया