• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

६८औं प्रहरी दिवसका अवसरमा प्रहरी ब्याण्ड डिस्प्ले तथा सुरक्षा साँस्कृतिक सचेतना कार्यक्रम सम्पन्न 

प्रकाशित मिति

२०८० आश्विन २७ गते, शनिबार ०२:५५

असोज २७, २०८० काठमाडाैं : निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ६८औं प्रहरी दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिका-२१ लगनमा शुक्रबार प्रहरी ब्याण्ड डिस्प्ले तथा सुरक्षा साँस्कृतिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

National Life

सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । नजिकै आउँदै गरेका चाडपर्वहरूलाई सुरक्षितसाथ मनाउनका लागि नेपाल प्रहरीले छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको उहाँले उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र महाकालस्थान र लगं खल:को संयुक्त आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरीको सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुला राज खनालको नेतृत्वको प्रहरी ब्याण्ड टोलीले देशभक्तिपूर्ण साङ्गीतिक धुन प्रस्तुत गरेको थियो । साथै सोही अवसरमा जनचेतनामूलक लोक दोहोरी, नृत्य तथा नाटकसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी
नायव महानिरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत आमन्त्रित महानुभावहरूको साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया