सहकारीमा सञ्चालकहरु स्वच्छाचारी ढंगमाचल्दा समस्या आयो
प्रकाशित मिति
२०८० आश्विन २७ गते, शनिबार १२:४६
असोज २७, २०८० काठमाडाैं : राष्ट्र बैंकका सञ्चालक चिन्ता मणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजनानबनाई सञ्चालक समितिको एकल निणर्यगर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले गरेकाले संस्थामाथप समस्या आइरहेको उनले बताए ।
राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि संस्थाले नियमितकार्य योजनाबनाई काम कारबाही गर्नुपर्ने समेत उनले बताए।
‘संस्थाको लक्ष्य प्राप्तगर्नको लागि जवाफदेहिता,कार्यकुशलता, मितव्ययिता, ऐन नियमको परिपालना ,विश्वसनियता जस्ता विषयहरु अपरिहार्यछन्’ उनले भने, ‘सहकारीमाआन्तरिक लेखा प्रणालीकमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति,व्यवस्थापन, लेखाअभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापनगर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्नेउनको भनाई छ । सहकारी संस्थाभित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथाआर्थिक क्रियाकलापलाई निरन्तर रुपमाअनुगमनगर्न पर्नेमाउनले जोेड दिए ।
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाकागतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामीबाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीतितथाकार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षपबिनापूर्ण गर्नपर्ने हुन्छ ।सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्थाभित्रका सबै पक्षको समन्वयबनाउन पर्र्ने हुन्छ ।
संस्थामा सञ्चालकतथा लेखा समितिको योग्यता, सदस्यको बीमा,एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमाआफू अनुकुलव्यक्तीलाई नियुत्तीगर्दा समस्यानिम्तेको उनको बुझाई छ ।
नेपाल सरकारकापूर्व सचिवगोपिनाथ मैनालीले कार्यपत्रमाथिटिप्पणीगर्दै विशेषतयाआन्तरिक लेखानियन्त्रणप्रणालीदुई प्रकारबाटहुने गरेको बताएकाछन् । उनले भने सहकारीमाअन्तरिक र वाह्य रुपमानिरिक्षणगर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्थाभित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । लेखा समितिलेवातावरण, वित्तीयजोखिमको अवस्था, सुचनाव्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीकोकार्यसम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ ।
सहकारी संस्थाले कार्य सञ्चालनगर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्यहितमाकाम गरे नगरेको हेर्नपर्ने हुन्छ । संस्थाप्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमाआएनआएको निरन्तर नियमन सुझाए । गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्क्षय केशव वडालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले सस्थामा सञ्चालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रणगर्ने भनिएपनि समितिलाई विकल्पको रुपमामात्र हेर्ने गरेको गुनोसो गरे ।








प्रतिकृया