• २१ असोज २०८३, बुधबार
  • ८ः१९ बिहान

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार ०१:३५

असोज २४, २०८० काठमाडौँ: सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

National Life

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जान लागेको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।


इजराइल–हमास द्वन्द्वको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया