• २१ असोज २०८३, बुधबार
  • ८ः३१ बिहान

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

प्रकाशित मिति

२०८० आश्विन २२ गते, सोमबार ११:१३

असोज २२, २०८० काठमाडौं : नबिलबैक लिमिटेडको सहायककम्पनीनबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

National Life

दुई दशकलामो बैंकिङ क्षेत्रको अनुभवहासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुखलगानी अधिकृतको रूपमाकार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपालबंगलादेश बैंकमा सेवाप्रदान गरेका थिए । नबिल बैंकले नेपालबंगलादेश बैंकको प्राप्तिपश्चात उनले प्रमुखलगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।


व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद्तथा नेपाल लेखामानबोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमापनिकार्य गरिसकेका छन् । वित्तीयक्षेत्र र पुँजीबजारमाविशेष दक्खल राख्ने उनको नेतृत्वमानबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादनगर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशकै अग्रणी नबिल बैकले पुँजीबजारको विकास तथा व्यावसायिकता योगदानपुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज लिमिटेड नेपालधितोपत्रबोर्डबाट धितोपत्रव्यापारी (स्टक डिलर) को रूपमाअनुमतिप्राप्तवित्तीय संस्थाहो । चुक्तापुँजी एक अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीनधितो पत्रदलाल सेवा, लगानीव्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवाहरू प्रदानगर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्रदलाल सेवा (धितो पत्रब्रोकर नम्बर) ७७ को अनुमतिप्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।।

प्रतिकृया