• १५ असोज २०८३, बिहीबार
  • १२ः३९ दिउँसो

अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति

२०८० आश्विन १९ गते, शुक्रबार १२:०३

असोज १९, २०८० काठमाडौँ: अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय रवि घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

मगरले १ जनालाई वैदेशिक रोजगारका लागि अजरबैजान पठाई टायल मेसनमा ९० हजार रूपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो ।


उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया