• 7:55 am

एमाले गण्डकीमा पृथ्वीसुब्बा निकट नवराजको प्यानल नै विजयी

प्रकाशित मिति

२०८० आश्विन १९ गते, शुक्रबार १०:५५

असोज १९ शुक्रबार, २०८० काठमाडौँ: नेकपा (एमाले) गण्डकी प्रदेशको अध्यक्षसहित पदाधिकारीमा नवराज शर्माको प्यानल विजयी भएको छ । शर्माको समूहलाई एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ थियो ।


अध्यक्षमा शर्माले प्रत्यासी नेता खगराज अधिकारीको साथ पाएका मायानाथ अधिकारीलाई १६६ मतले पराजित गरेका हुन् । म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए ।


निर्वाचित नवराजले कुल खसेको ८९६ मतमध्ये ५३१ प्राप्त गर्दा अधिकारीले ३६५ मत पाएको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए ।


पदाधिकारीमा नवराज प्यानल नै निर्वाचित भएको हो ।

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए ।

उनले ५३४ मत प्राप्त गर्दा उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए ।

उनले ५२० मत प्राप्त गर्दा कास्कीका रश्मी आचार्यले ३६७ मत प्राप्त गरे ।

यसअघि गुरुङ निकटका आचार्य यसै निर्वाचनमा खगराज अधिकारी समूहमा प्रवेश गरेका थिए ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४९९ मत पाएर विजयी भए ।

उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मत ल्याए ।

उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३६५ मत प्राप्त गरिन् ।

प्रतिकृया