• 6:43 pm

विश्वकीर्तिमानी दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

प्रकाशित मिति

२०८० आश्विन १८ गते, बिहीबार ०५:३७

असोज १८, २०८० काठमाडौँ: नेपाल प्रहरीमा सेवारत राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा गरिएको हो ।


क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)ले उनलाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।


एसियाली खेलकुदमा दीपेन्द्रले मङगोलियाविरुद्ध मात्र नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरेका थिए । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरी कीर्तिमानी बनाएका थिए ।

प्रतिकृया