• २१ जेठ २०८३, बिहीबार
  • १:३६ बेलुका

टिस्टा नदीको बाढीले बगायो भारतीय सेनाका २३ जना जवान

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार ०२:२३

असोज १७, २०८० काठमाडौँ: भारतको सिक्किमस्थित टिस्टा नदीको बाढीले बगाउँदा भारतीय सेनाका कम्तीमा २३ जना जवानलाई बगाएको छ । सिक्किममा भारी वर्षापछि आएको बाढीमा परेर २३ जना भारतीय सेनाका जवान बुधबार बेपत्ता भएका हुन् ।


भारतीय रक्षा मन्त्रालयका अनुसार ल्होनक तालमाथि मंगलबार मध्यराति भीषण वर्षा भएको थियो। त्यहीकारण लाचेन उपत्यकास्थित टिस्टा नदीमा अचानक बाढी आएको हो । नदीसँगै जोडिएको क्षेत्रमा भारतीय सेनाको क्याम्प थियो। जो बाढीको चपेटमा परेर बगेको हो ।

Kamana Sewa

गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार अचानक पानी बढेपछि चुङ्गथाङ्ग बाँध खोल्नु परेको थियो । त्यसपछि तल्लो तटीय क्षेत्र पनि डुबानमा परेको छ । बाढीका कारण सिन्गताम नजिकै बारदाङ्गमा राखिएका सेनाका ४१ वटा गाडी पनि बगेका छन् ।

Classic Tech Desktop

सेनाका अनुसार अचानकको भीषण वर्षका कारण टिस्टा नदीको जलस्तर १५ देखि २० फिटसम्म बढेको छ । त्यसपछि नदीसँग जोडिएको क्षेत्रमा पानी भरिएको छ। कयौँ घरमा बाढीको पानी पसेको छ। मानिसहरुलाई ती घरबाट उच्च स्थानमा निकालिएको छ ।


गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार घटनापछि बेपत्ता सेनाको खोजीका लागि उद्धार अपरेशन थालिएको छ । स्थानीय प्रशासन पनि अहिले उद्धारमा जुटेको छ ।

प्रतिकृया