अदालतले थुनामा राख्न म्याद थप नगरे पछि प्रहरीले हाजिरी जमानीमा अनमोल केसीलाई आफ्नो अभिभावकको जिम्मा लगायाे
प्रकाशित मिति
२०८० आश्विन १५ गते, सोमबार ११:००
असोज १५, २०८० काठमाडौँ: अदालतले थुनामा राख्न म्याद थप नगरे पछि अनमोल केसी रिहा भएका छन् । नायक अनमोल केसीका वरिष्ठ कानुन व्यवसायीहरु राजेश काफ्ले र परशुराम कोइरालाले प्रहरीले गैर कानुनि रुपमा थुना राखेको भनि बहस पैरवी गर्नु भएको थियो ।
सोही आधारमा अदालतले थुनामा राख्न म्याद थप नगरे पछि प्रहरीले हाजिरी जमानीमा अनमोल केसीलाई आफ्नो अभिभावकको जिम्मा लगाएको छ । ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । उनलाई प्रहरीले गत शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।
पक्राउ गर्नु अगावै उच्च अदालत पाटनले सम्बन्धित प्रहरीको निकायको नाममा अनमोल केसीलाई पक्राउ नगर्नु भनि अन्तरिम आदेश समेत जारी गरेको छ । पक्राउ नर्गने भन्ने अदालतको आदेश हुँदा हुदै पनि अपराध अनुसन्धान बिभागका प्रमुखले गैर कानुनी रुपमा पक्राउ गर्नु भएको थियो ।
तसर्थ प्रहरीले अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरेको हो ।
प्रतिकृया