फेरि कुटिए अस्पतालका चिकित्सक
प्रकाशित मिति
२०८० आश्विन १४ गते, आईतवार ०३:१४
असोज १४, २०८० काठमाडौँ: सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो ।
अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ओपीडीमा परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेका थिए । चिकित्सकको अवस्था भने सामान्य रहेको उनले बताए । ओपीडीमा भिडभाड भएको र आफन्तलाई बाहिर बस्नुस् भन्दा चिकित्सकलाई कुटिएको उनले बताए ।
कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमति भएको थियो । जसअनुसार चिकित्सकहरूको असोज ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया