• २० भदौ २०८३, शनिबार
  • ८ः३४ बिहान

एभरेष्ट बैंकद्वारा CSR अन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

प्रकाशित मिति

२०८० आश्विन १२ गते, शुक्रबार ०५:१८

असोज १२, २०८० काठमाडौँ: एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

National Life

बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बिच मानव सेवा आश्रम गोरखालाई रु. ५००,०००।– आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक श्री मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । साथै यस्ता निःश्वार्थ भावनाले मनैछुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरु संग भविष्यमा समेत हातेमालो गर्दै अगाडी बढिरहने प्रतिबद्दता व्यक्त गर्नुभयो । साथै आश्रमका गण्डकी प्रदेशका संयोजक श्री मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गर्नुभयो ।


सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक श्री सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक श्री सन्दिप खत्री र आश्रमका संयोजक श्री इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिकृया