• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५८ राती

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

प्रकाशित मिति

२०८० आश्विन ११ गते, बिहीबार १२:१८

असोज ११, २०८० काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए ।


हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजितयस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए। दान गरिएको रगतजब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएस मार्फत यसको जानकारी प्राप्त गर्ने छन्।

Kamana Sewa

एनसेलले आफ्नो नयाँयात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईं कै लागि’ अनुरुप साे रक्तदान कार्यक्रमको आयोजना गरेको हो। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ। रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भागहो र यसलेविशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ।

Classic Tech Desktop

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमो भले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए।


“स्थानिय बासिन्दार हाम्रा ग्राहकहरू सँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानवजीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”


एनसेलले ‘हामीतपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ । त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपण लगायतका कार्यक्रमहरु रहेका छन् ।


विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

प्रतिकृया