• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

लागु औषध चरेश,खैरो हेरोईन र ट्रामाडोल सहित ६ जना व्यक्ती पक्राउ 

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०५:०६

असोज १०, २०८० काठमाडाैं :  लागु औषध नियन्त्रण ब्यूरो तथा शाखा कार्यालयहरुबाट गरीएको कार्वाहीको क्रममा निम्नानुसारका अवैध लागु औषध कारोवार गर्ने  व्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरी निजहरु उपर  लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित सम्मानित जिल्ला अदालतहरुबाट  लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको ।

National Life

बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो तथा औषधी ब्यवस्था बिभागको संयुक्त रुपमा खटिएको टोलीले काठमाण्डौ उपत्यकाका बिभिन्न मेडिकल स्टोरहरुमा चेक जाँच गर्ने क्रममा मिति २०८०।०६।१० गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १ स्थितमा रहेको जि.सर्लाही, कौडिना गा.पा. ४ बस्ने बर्ष २८ को सुशिल कुमार पटेलले संचालन गर्दै आएको रस्मी मेडिकलहलबाट नियन्त्रित औषधी Jublin 75 Mg को १०० ट्याब्लेट, Spaspain 20 Mg को ७७४ ट्याब्लेट, Tenod 100 Mg को २०० ट्याब्लेट र Tapenta 50 Mg को २०० ट्याब्लेट र Promethazine 25 Mg ३०० ट्याब्लेट बरामद गरी उक्त नियन्त्रित औषधीहरु र संचालकलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाई थप अनुसन्धान भई रहेको ।


साथै जि.ललितपुर, महालक्ष्मी न.पा. वडा नं. ५ स्थितमा रहेको जि.धनुषा, लक्ष्मीया गा.पा. १ बस्ने बर्ष ३५ को जितेन्द्र कुमार यादवले संचालन गर्दै आएको श्रेया हेल्थ केयरबाट नियन्त्रित औषधी Pecolic 20 Mg  को ६३६ ट्याब्लेट, Pandol 100 Mg को  ३५ ट्याब्लेट, Pregabalin  150 Mg को १० ट्याब्लेट र Tapendol 50 Mg को १६ ट्याब्लेट Vomie 25 Mg १६५ ट्याब्लेट फेला पारी निज संचालक फेला पारी बरामद गरिएको उक्त नियन्त्रित औषधीहरु र संचालकलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाई थप अनुसन्धान भई रहेको ।

Classic Tech Mobile
Classic Tech Desktop

मिति २०८०।०६।०२ गते ला.औ.नि. ब्यूरो शाखा कार्यालय, नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके, नेपालगगंज उ.म.न.पा. १४ फनपार्कबाट जिल्ला बाँके, उटुबा गा.पा. वडा नं. ११ बस्ने बर्ष २८ को उदय राज महरीयाको साथबाट अवैध लागु औषध खैरो हेरोईन ५२ ग्राम सहित पक्राउ गरी जि.प्र.का.बाँकेबाट थप अनुसन्धान भई रहेको  ।


मिति २०८०।०६।०४ गते ला.औ.नि. ब्यूरो शाखा कार्यालय, धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गौरीगंगा न.पा. ४ राजपुर खलंगा बजारबाट जि.बझाङ, सुर्गा गापा वडा नं. ०४ ठगुनडाँडा बस्ने बर्ष ४४ को साहिमान पुजाराको साथबाट अवैध लागु औषध चरेश ४ के.जी. ७१० ग्राम सहित पक्राउ गरी ई.प्र.का. चौमालाबाट थप अनुसन्धान भई रहेको ।


मिति २०८०।०६।०५ गते ला.औ.नि. ब्यूरो शाखा कार्यालय, बिरगंजबाट खटिएको प्रहरी टोलीले जि.पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्तीचोकबाट  जि.पर्सा, बिरगंज म.न.पा. १८ बस्ने बर्ष १९ को मनदीप कुमार गिरीलाई  औषधी जन्य लागु औषध ट्रामाडोल २४,७५० ट्याब्लेट  सहित पक्राउ गरी औषधी व्यवस्था बिभाग बिरगंजबाट थप अनुसन्धान भई रहेको ।


मिति २०८०।०६।०७ गते यस ला.औ.नि. ब्यूरो तथा शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त  प्रहरी टोलीले जिल्ला पर्सा, भवानीपुर गा.पा. वडा नं. १ गम्हरीयाचोकबाट जि.पर्सा ठोरी गा.प. वडा नं. ४ बिजय बस्ती बस्ने बर्ष ३४ को नेत्र बहादुर श्रेष्ठोको  साथबाट अवैध लागु औषध चरेश ३२ के.जी.  सहित पक्राउ गरी जि.प्र.का. पर्साबाट थप अनुसन्धान भई रहेको ।


मिति २०८०।०६।०४ गते ला.औ.नि. ब्यूरो शाखा कार्यालय, बिराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ, बिराटनगर म.न.पा. १५ बाट  जि.सुनसरी, ईटहरी उ.म.न.पा. १२ बस्ने बर्ष ४४ को सुनिल कुमार साहको साथबाट अवैध लागु औषध खैरो हेरोईन ५८.७८० ग्राम सहित पक्राउ गरी ई.प्र.का. रानी बिराटनगर बाट थप अनुसन्धान भई रहेको ।


मिति २०८०।०६।०९ गते ला.औ.नि. ब्यूरो शाखा कार्यालय, भैरहवाबाट जि.रुपन्देही, मायादेवी, गा.पा. २ बाट ऐ.ऐ. बस्ने बर्ष ३६ की सन्धया मल्लाहाको साथबाट अवैध लागु औषध खैरो हेरोईन ६६ ग्राम सहित पक्राउ गरी जि.प्र.का. रुपन्देहीबाट थप अनुसन्धान भई रहेको ।

प्रतिकृया