• २१ असोज २०८३, बुधबार
  • ८ः४४ बिहान

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

प्रकाशित मिति

२०८० आश्विन ९ गते, मंगलवार ०४:२२

असोज ९, २०८० काठमाडाैं : नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

National Life

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका सांसद उपस्थित रहेकाे थियाे।


छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी थियाे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।

प्रतिकृया