
असोज ८, २०८० काठमाडौँ: नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १३ बूँदे सम्झौता भएको हो । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा दाहाल र छ्याङको उपस्थितिमा बीआरआई अन्तर्गतका विभिन्न आयोजनाको कार्यान्वयन, वयापार, विद्यतु तथा सडक पूर्वाधार, कुषि, विकास आयोजना, सीमानाका व्यवस्थापन तथा नेपालमा चिनियाँ सहयोगलगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई देशबीच भएका सम्झौतालाई संयुक्त वक्तव्य मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको छ । यसअघि चिनियाँ प्रधानमन्त्री छ्याङले प्रधानमन्त्री दाहाललाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नुभएको थियो भने भने चिनियाँ सेनाको एउटा टुकडीले थियानमन स्क्वायरमा प्रधानमन्त्री दाहाललाई सलामी दिएको थियो ।
दुई पक्षीय वार्ता सुरु हुनुअघि चिनियाँ प्रधानमन्त्री छ्याङले छोटो मन्तब्य दिंदै नेपाल–चीन सम्बन्धमा नयाँ उर्जा थपिएको महसुश भएको बताउनु भएको थियो । यसअघि प्रधानमन्त्री दाहालले सोमबार बिहान चिनियाँ संसद जनकंग्रेसका अध्यक्ष चाओ लचिसँग पनि भेट गर्नुभएको थियो ।
बेइजिङस्थित ग्रेट हल अफ् द पिपुल्समै उहाँहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट तिब्बत जाने कार्यक्रम छ । गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुभएको थियो ।
प्रतिकृया