• २१ असोज २०८३, बुधबार
  • ९ः०८ बिहान

निर्मला शर्मालाई गोपालदास पत्रकारिता पुरस्कार

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार १२:५३

असोज ५, २०८० काठमाडौँ:  प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिकोत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । प्रेस काउन्सिलबाट यो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन् ।

National Life

काउन्सिलले ०५७ सालमा पहिलोपल्ट सो पुरस्कार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार हरिबहादुर थापा र त्यसअघि पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए । यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ रहेको काउन्सिलले जनाएको छ ।


शनिबार (भोलि) काउन्सिलले गोपालदास, सुरेन्द्रबहादुर बस्नेतसहित, सशक्त सञ्चारकर्मी, आचारसंहितालगायत पुरस्कार प्रदान गर्नेछ । पत्रकारितामा लामो समयदेखि योगदान पुर्‍याएका विभिन्न पत्रकारलाई सम्मान समेत गरिने काउन्सिलले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्मान र पुरस्कार पाउने व्यक्ति/माध्यमको नामावली पढ्नोस्–

Press-1695361036.jpg

प्रतिकृया