• २१ असोज २०८३, बुधबार
  • ८ः५५ बिहान

एनएमबि बैंकले सार्वजनिक गर्यो ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’

प्रकाशित मिति

२०८० आश्विन ४ गते, बिहीबार ०५:०७

असोज ४, २०८० काठमाडौँ: एनएमबी बैंकले ग्राहकहरुका लागि ‘एनएमबी बुद्ध भिसा’ डेबिट कार्ड ल्याएको छ । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको हाे ।

National Life

आज आयोजित एक कार्यक्रम कार्ड सार्वजनिक गर्दै एनएमबी बैंकका सिइओ सुनिल केसीले डोमेष्टिक एभिएसनमा प्रभाव जमाएको बुद्ध एअरसंग सहकार्य गर्न पाउदा बैंक परिवार गौरवान्वित भएको बताए ।


को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रागर्दा थप ५ किलो सामान निःशूल्कलान सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एनएमबि बुद्घ भिसा डेबिट कार्डप्रयोेग गर्ने ग्राहकहरुलाई शतप्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्यविशेषताहो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्कनगदझिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदानगरिएको छ ।


बुद्ध एअरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले एनमएबी र बुद्धको सम्बन्ध सिर्जनात्मक बनाउने अभियानमा आफु रहेको बताए । बस्नेतले बैंकसंग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। यस किसिमको सहकार्य अझ बलियो भएर जाने बताउदै चीनबाट नेपालमा पैसा ट्रान्सफर गर्न समस्या रहेको भन्दै अध्यक्ष बस्नेतले यो कार्ड मार्फत सहज हुने बताए ।


बैंकले अजय रत्न शाक्यलाई पहिलो कार्ड प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बुद्ध एयरको सहकार्यमा कार्ड जारी गर्न पाउँदा खुसी व्यक्त गर्दै बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यस कदमसंगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको बताए।

 

 

प्रतिकृया