• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान

प्रकाशित मिति

२०८० आश्विन ४ गते, बिहीबार १२:०६

असोज ४, २०८० काठमाडौँ:  नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन्। यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ। राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बर २०२३ मा उहि बाटो भएर काठमाडौं फर्किनेछ।

National Life

रेसिङ गतिविधीहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रबर्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ। आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै ईभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धन समेत गरेको छ। यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरि जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आव्हान गरेको थियो। यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ। छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका छन् ।


“हामीले ‘यामाहा राइड टु मोटोजीपी’का लागि ठूलो संख्याका सहभागीहरू प्राप्त गरेका थियौं। हामी प्रत्येक यामाहा प्रशंसकहरूलाई राइडप्रतिको चासो र पागलपनका लागि धन्यवाद दिन चाहन्छौं। तर हामीसँग सीमित सिट भएकाले ८ जना मात्रै छनोट गर्न सक्यौँ। यो त केवल सुरुवात हो, यामाहा नेपाल हाम्रा युवाहरूको जोशलाई सम्मान गर्दछ। हामी नेपालमा मोटरस्पोर्टको उत्थान गर्न मेहनतका साथ काम गरिरहेका छौँ ।” एमएडब्लु इन्टरप्राइजेज, टु-ह्विलर डिभिजनका सीईओ श्री राजु क्षेत्रीले भन्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरू सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनशिपमध्ये एक हो। रेसिङको दुनियामा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैं अग्रभागमा रहँदै आएको छ।

प्रतिकृया