• १० असोज २०८३, शनिबार
  • ५ः१७ बेलुका

साढे ३ घण्टापछि चल्यो विमानस्थल अध्यागमनको सर्भर

प्रकाशित मिति

२०८० आश्विन २ गते, मंगलवार ०२:५२

असोज २, २०८० काठमाडौँ: बिहान करिब १० बजेबाट डाउन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको सर्भर खुलेको छ। झन्डै साढे ३ घण्टापछि सञ्चालनमा आएपछि यात्रुको आवतजावत सुरु भएको छ।

National Life

विदेशबाट स्वदेश फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन पाएका थिएनन्। विमानहरू समयमै उड्न पाएका थिएनन्। सर्भर खुलेसँगै विमानस्थलमा उडान अवतरण बिस्तारै सामान्य बन्दै जाने छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन, सयौँ यात्रु प्रभावित

Classic Tech Mobile
Classic Tech Desktop

सर्भर डाउन भए पनि यात्रुहरूलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको अध्यागमनको दाबी छ। मंगलबार बिहानदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए।


सर्भर डाउनका कारण विमानका यात्रुहरूलाई लामो समय लाइन लाग्नुपरेको थियो।

प्रतिकृया