• 6:29 pm

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०१:४६

भदौ २९, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीनको भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा जानकारी गराएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्षको ७८ औँ महासभालाई सम्बोधन गर्न जाने जानकारी गराए । महासभाको बैठकमा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अध्यक्ष र सुम्मुतन नेपाल निर्माणमा प्रयासलाई मुखरित गर्ने बताए ।


त्यस्तै दिगो विकास, जलावायु परिवर्तन लगायत अन्य विषयमा गहन रुपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने बैठकमा सभहभागि हुने निमन्त्रण आएको र त्यसमा समेत सहभागि हुने प्रधानमन्त्री प्रचण्डले बताए । त्यसैगरी अल्पविकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा ४७ वटा देशको नेतृत्व गरिने र त्यसमा सम्बोधन गर्ने बताए । साथै सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको सदनलाई जानकारी गराए ।


प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने समेत जानकारी गराए । आफ्नो तेस्रो चीन भ्रमणले दुुई पक्षीय सम्बन्ध थप प्रगाढ हुुनेछ भन्ने विश्वास लिएको बताए । साथै भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटघाट हुने बताए । साथै चीनमा हुने १९औँ एसियन गेम उद्घाटन गर्ने कार्यक्रम रहेको र तिब्बत भ्रमण हुने समेत जानकारी गराए ।


साथै सुन तस्करी प्रकरणमा सरकारले काम गरिरहेको र उच्चस्तरीय छानबिन समिति गठनको काम भइरहेको सदनलाई जानकारी गराए । साथै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विषयमा सरकार गम्भीर रहेको र दोषीमाथि कारबाही हुने बताए ।


प्रधानमन्त्री प्रचण्ड भोलि भदौ ३० गते अमेरिका र असोज ५ गते त्यहाँबाट चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिकृया