• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर : अब साथीलाई एप रिफर गर्दा पैसा पाईने

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०१:२९

भदौ २९, २०८० काठमाडौँ: नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कनेक्ट आइपीएसले ‘रेफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नन प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई पनि कनेक्ट आइपीएसमा रजिष्टर हुन प्रोत्साहन गर्नेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

National Life

जसअन्तरर्गत यसका प्रयोगकर्ताले आफु नजिकका नातेदारहरुलाई पनि रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत भदौ १७ गते देखि मंसिर १६ गतेसम्म रेफर गर्नेले आफ्नो बैंक खाता भेरिफाई गराएपछि २५ रुपैयाँ र रेफर पाउनेले ५० रुपैयाँ आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।


अफरको फाइदा लिन रेफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रेफरल कोड दिनुपर्ने हुन्छ । रेफरीले भने कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रेफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रेफररले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रेफरीले ५० रुपैयाँ पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया