सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै
प्रकाशित मिति
२०८० भाद्र २८ गते, बिहीबार ०९:३१

भदौ २८ २०८० काठमाडौँ: सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची तय गरिएको छैन ।

प्रतिकृया