सुन तस्करी प्रकरण म्याद थपका लागि ३२ जनालाई अदालत लगियो

प्रकाशित मिति

२०८० भाद्र २७ गते, बुधबार ०३:३७

sun

भदौ २७, २०८० काठमाडौँ: सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनाको यस पछिल्लो पटक पाएको म्याद सकिएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई म्याद थपका लागि अदालत लगेको हो ।


ब्युरोले आज सरकारी वकिलको कार्यालयमा उक्त प्रकरणको प्रतिवेदन समेत बुझाएको छ । सिआइबीले पक्राउ परेका ३२ जना र फरार भएका १८ गरी कुल ५० जना विरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय राय दिएको छ ।


ब्युरोका अनुसार सुन तस्करीका लागि खोलिएको रेडी ट्रेडले विभिन्न समयमा ३०२ किलो सुन नेपाल भित्राएको थियो ।

प्रतिकृया