• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

महासचिव पोखरेल स्वदेश फर्किँदै

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ०८:५१

भदौ २६ , २०८० काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने हुनुभएको छ ।

National Life

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उहाँ आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लाग्नुभएको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो ।


उहाँका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया