• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

‘सानिमा इक्विटी फन्ड’को प्रतिफल घोषणा

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार १२:१२

भदौ २४, २०८० काठमाडौँ:  सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’ले प्रतिफल घोषणा गरेछ। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ।

National Life

यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।


नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया