नक्कली नेपाली नोटसहित एक जना पक्राउ

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०४:३१

Arrest pakrau e1662883798182

भदौ २२, २०८० काठमाडौँ: नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।


उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिकृया