• २१ असोज २०८३, बुधबार
  • ९ः२८ बिहान

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, मन्त्रीपरिषद् पनि विस्तार हुने

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०३:५८

भदौ २२, २०८० काठमाडौँ: कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

National Life

मुख्यमन्त्रीको शपथसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ ।


सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया