• २१ असोज २०८३, बुधबार
  • ९ः२१ बिहान

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ०१:३६

भदौ २२, २०८० काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यायल श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई मिति २०८० साल भाद्र २० गते  बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।

National Life

बैंकको सञ्चालक श्री बलराम बराल ज्यूले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष श्री पुरुषोत्तम रेग्मी ज्यूलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गर्नु भएको थियो । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमको बीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो ।


कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्र नाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने छ  ।

प्रतिकृया