• २१ असोज २०८३, बुधबार
  • ९ः२८ बिहान

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

प्रकाशित मिति

२०८० भाद्र २० गते, बुधबार ११:५८

भदौ २०, २०८० काठमाडाैं : कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ। आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले यही असोज ६ र ७ गतेका लागि तोकिएको परीक्षा विशेष कारण असोज ९ र १० गते हुने तय भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

National Life

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ। असोज ९ गते अनिवार्य अङ्ग्रेजी र एक विषय मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा संचालन हुनेछ।


दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले सूचनामा उल्लेख गरेको छ। तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूले असोज १० गते आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

प्रतिकृया