दक्षिणकालीमा लाभग्राहीको खाता खोलिने
प्रकाशित मिति
२०८० भाद्र १७ गते, आईतवार १२:१८

भदौ १७, २०८० काठमाडौँ : दक्षिणकाली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सम्बन्धित बैंकहरुबाट खाता खोलिने भएको छ । खाता खोल्नका लागि बैंकहरु सम्बन्धित वडामा उपस्थित भइ खाता खोल्ने कार्य भएकाले सो कार्यका लागि सम्बन्धित बैंकहरुलाई आवश्यक सहयोग, सहजिकण र समन्वय गर्न नगरपालिकाले वडा कार्यालयलाई आग्रह गरेको छ ।
नगरपालिकामा रहेको सुरक्षा सम्बन्धि स्थानीय तहमा आयोजना समन्वय समितिको साउन ३० गते बसेको बैठकबाट निर्णय भइ सम्बन्धित बैंकहरुबसँग सम्झौता समेत भइसकेको हुँदा आवश्यक सहयोग र सहिजकरण गरिदिनु हुन नगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

प्रतिकृया