• 9:26 am

बालेन शाहलाई पुत्रीलाभ

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार १०:३४

भदौ १७, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी छिन् ।


विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

प्रतिकृया