पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
प्रकाशित मिति
२०८० भाद्र १७ गते, आईतवार १०:२५
भदौ १७, २०८० काठमाडौँ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताउनुभयो ।
कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।
Related
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया