• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

अभिनेत्री निरूता सिंहले गरिन् बिहे

प्रकाशित मिति

२०८० भाद्र १६ गते, शनिबार ०४:३२

भदौ १६, २०८० काठमाडौँ: अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन्। उनले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

National Life

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो …’निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न। आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु।तपाईंहरूको निरूता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन्।


यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, सिउँदोको सन्दुर, ठूल्दाइ, नाइँ नभन्नू ल ५ उनका हिट फिल्म हुन्।

प्रतिकृया