पर्वतमा चितुवा मृत फेला
प्रकाशित मिति
२०८० भाद्र १५ गते, शुक्रबार १०:४६
भदौ १५, २०८० पर्वत : पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।
वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया