• ११ असोज २०८३, आइतबार
  • १२ः०६ राती

भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरूवा

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०१:३७

भदौ १३, २०८० काठमाडौँ: त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरूवा मागेका छन् ।

National Life

भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरूवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस नभएको उनीहरूको गुनासो छ ।


विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूको जिकिर छ । उनीहरूले आफूलाई दिइएको दुस्ख र पाएको समस्याबारे निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनसमक्ष सरुवाको लागि आवश्यक पहलका लागि याचनासमेत गरेका छन् । आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया