पोलिसी ह्याकथनको कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ०२:२७
भदौ १०, २०८० काठमाडौँ: नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथनको फाइनल कार्यक्रम आज पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले Gig Economy / Climate Action मा पोलिसी ह्याकाथनका लागि स्वदेश तथा विदेशबाट अनलाइन आवेदन आह्वान गरेकोमा न्ष्न नीति पत्र पठाउने २२७ टिम मध्येबाट छानिएका १० उत्कृष्ट टिमले आजको कार्यक्रममा आफ्नो नीति पत्र प्रस्तुत गरेका थिए । ७ जना निर्णायक मण्डलले छनौट गरेका ३ वटा टिमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधन पश्चात पुरस्कार र कदर पत्र प्रदान गर्नु भएको थियो । “Empowering Nepal’s Gig Economy: A Comprehensive Approach to Worker Classification, Social Protections, and Regulation” विषयको टिमले तीन लाख; “SUSTAINABLE SOCIAL SECURITY PROTECTION FOR GIG WORKERS” ljifosf] l6dn] Ps nfv krf; xhf/ / “Harnessing Aquifers Recharging Ground waters in Cities of Nepal” विषयको टिमले पचास हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।
कार्यक्रमको प्रारम्भमा महामन्त्री विश्वप्रकाश शर्मा र पोलिसी ह्याकथन कार्यक्रमका संयोजक एवं सहमहामन्त्री जीवन परियारले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रम युवा संयोजक सचिन तिमिल्सीनाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
प्रतिकृया