• 8:17 am

हिमालयन बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०३:०९

भदौ १०, २०८० काठमाडौँ: हिमालयन बैंकले कनेक्टआइपीएस सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग HI MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।


यो अफर भदौ गतेदेखि भदौ ३१, २०८० गतेसम्म लागु हुनेछ हिमालयन बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ । उक्त विजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।


फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको बैंकले जनाएको छ ।


HI MB को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचरकनेक्टआईपीएस च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक नभएको पनि बैंकले जनाएको छ ।


आर्थिक वर्ष २०७९र८० मा यस च्यानलमार्फत रु १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैकिङ्गमार्फत प्रयोगकर्ताहरुले प्रतिकारोबार प्रति दिन रु दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको HI MB एपमा हाल एक लाख ७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।

प्रतिकृया