सुशासन र सेवा प्रवाहमा अब्बल गोकर्णेश्वर नगरपालिका

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार ०४:५०

gokarneshor nagapalika bulding e1693047904157

भदौ ९, २०८० काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणका सेवा प्रवाहमा अब्बल बन्दै गएको छ । नगर सभाबाट पारित गरेका वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ भने नियमित सेवा प्रवाहका काम गरिहरेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले सेवाग्राहीलाई सहज र सर्वशुलभ रुपमा सेवा प्रवाह गरिरहेको छ भने सबै वडा कार्यालय स्थानीयलाई सेवा प्रवाह गर्दै आएको छ । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले नगरपालिकाले सहज र सर्वशुलभ रुपमा सेवा प्रवाह गरि सुशासन कायम गर्ने कार्यलाई अच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।


उहाँका अनुसार नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारीहरुको बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको, सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको छ ।


नगरपालिका सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, नगर प्रवक्ताको व्यवस्था गरिएको, नगरपालिकाको निर्णय ओइभसाइडमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया