कोरोनाको गम्भीर लक्षण प्रतिरक्षा प्रणालीमा देखिन थालेको छ
प्रकाशित मिति
२०८० भाद्र ५ गते, मंगलवार १२:२३

भदौ ५, २०८० एजेन्सी : कोरोना भाइरसको संक्रमणमा आइसकेपछि मानिसमा धेरै प्रकारका लक्षणहरू देखिएका छन् । कैयौं व्यक्तिमा कोरोनापछि हृदयाघात वा आँखासँग जोडिएको समस्याहरू पनि देखिएको छ । हालैमा नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज (NIAID) द्वारा गरिएको एक अध्ययनअनुसार कोरोनाको गम्भीर लक्षणको इम्युन सिस्टममा पनि नराम्रो असर पर्न सक्छ । यस्तोमा इम्युन सिस्टममा केही परिवर्तनहरू देखिन सक्छन् ।
जर्नलमा प्रकाशित शोधअनुसार कोभिड भएपछि शरीरका अन्य अंगहरूमा पनि धेरै परिवर्तनहरू देखिन्छन् । यदि, कोभिडको लक्षण गम्भीर छ भने यस्तो स्थितिमा ठीक भएको केही समयमा इम्युन सिस्टममा पनि प्रभाव पर्न सक्छ । यस्तोमा कोरोना भाइरससँग बचेपछि पनि स्वास्थ्यलाई राम्रो बनाइराख्नका लागि आफ्नो इम्युनिटीलाई बलियो बनाइराख्न एकदमै जरुरी हुन्छ । शरीरको इम्युनिटी वा रोग प्रतिरोधात्मक क्षमता बलियो हुँदा कोरोनासँगै अन्य बिमारीहरूबाट पनि बच्न सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका
– कोभिडबाट बच्नका लागि इम्युन सिस्टमलाई बलियो राख्न एकदमै जरुरी हुन्छ ।
– यस्तोमा शारीरिक गतिविधिमा धेरै जोड दिनुपर्छ । नियमित रूपमा कसरत तथा योगहरू गर्नुहोस् ।
– दैनिक प्राणायामको अभ्यास गर्नाले पनि तपाईंको इम्युनिटी बुस्ट हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान पनि स्वस्थ राख्नुपर्छ । यसबाहेक जंक, तारेको भुटेको तथा प्रशोधित खानाहरू नखानुहोस् ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न घरेलु जडीबुटीहरूको झोल बनाएर पिउन सकिन्छ ।
प्रतिकृया