एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ११:४५

nicasia1 e1692597593240

भदौ ४, २०८० काठमाडौँ: एनआईसी एशिया बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरमा साउनकाे तुलनामा भदौमा ब्याजदर घटाएको हाे।


बैंकले गत साउन १ गतेदेखि लागू हुनेगरी मुद्दती निक्षेप राख्ने ग्राहकले १०.९३ प्रतिशतसम्म ब्याजदर पाएका थिए भने बचततर्फ न्यूतम ६.०७३ देखि अधिकतम ८.०७३ प्रतिशतसम्म ब्याज पाएका थिए ।


भदौ महिना देखि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५. ९६६ प्रतिशत देखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८. ८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०. ८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०. १८ प्रतिशत रहेको छ ।


बैंकले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म कर्जामा ब्याज लिने जनाएको छ भने बैंकबाट फिक्स्ड रेटमा ऋण लिनेले १४.९९ प्रतिशत ब्याजदरमै कर्जा पाउने जनाएको छ ।


बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर गत भदौ १ गते शक्रबार देखि लागु गरि सकेकाे छ ।

यसतो छ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

368698991 675537741276931 722599905372889761 n

प्रतिकृया