• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछ: गृहमन्त्री

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०५:०२

भदौ ३, २०८० काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताउनुभएको छ ।

National Life

आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गर्नुभयो । उहाँले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताउनु भयो ।

प्रतिकृया